नियम १३३
बैठक भत्ता
प्रचलित कानूनमा व्यवस्था भएको वा लेखा उत्तरदायी अधिकृतको निर्णय बमोजिम गठन भई एक भन्दा बढी निकायको पदाधिकारी समावेश हुने समितिको बैठक कार्यालय समय अघि वा पछि गर्नु परेमा त्यस्तो बैठकमा उपस्थित हुने सदस्यलाई अर्थ मन्त्रालयले तोके बमोजिमको दरमा बैठक भत्ता दिन सकिनेछ।
तर प्राविधिक वा विज्ञको रूपमा सहभागी हुने सरकारी सेवा बाहिरको सदस्यलाई कार्यालय समयमा उपस्थित भएको भए तापनि बैठक भत्ता दिन बाधा पर्ने छैन।